स्थानीय तह निर्वाचन

भरतपुर महानगर अपडेट: रेनु दाहालले लिईन १९०६ मतले अग्रता, २९ हजार ४४७ मत गन्दा दाहालको १०,७४८

सफल खबर संवाददाता

बुधबार, ०४ जेठ २०७९, १५ : ३७
भरतपुर महानगर अपडेट: रेनु दाहालले लिईन १९०६ मतले अग्रता, २९ हजार ४४७ मत गन्दा दाहालको १०,७४८

चितवन । भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार २९ हजार ४४७  मत गणना हुँदा रेनुले १० हजार ७४८ मत पाएकी छन् । १ हजार ८५२ मतको अन्तरले उनी अग्रस्थानमा छिन् ।

यस्तै, नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ८ हजार ८४२ मत पाएका छन् । अर्का  प्रमुख पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ८४३ मत पाएका छन् ।

उपप्रमुख पदमा भने नेपाली काँग्रेसका चित्रसेन अधिकारी १२ हजार ८५८ मतका साथ अग्रस्थानमा छन् । अर्का प्रतिष्पर्धी राप्रपाकी हिमला गुरुङले ७ हजार १७६ मत पाएकी छन् । 

प्रतिक्रिया दिनुहोस