प्रधान सेनापति र फ्रान्सेली कार्यवाहक राजदूतबीच भेटघाट

सफल खबर संवाददाता

बुधबार, ०४ जेठ २०७९, ०६ : ४५
प्रधान सेनापति र फ्रान्सेली कार्यवाहक राजदूतबीच भेटघाट

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि फ्रान्सका कार्यवाहक राजदूत लिला डेभर्डजेलु (Leela Devaradjalou) बीच जंगी अड्डामा भेटघाट भएको छ । मंगलबार प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा फ्रान्सका गैह्र आवासीय सैनिक सहचारी र सहायक सैनिक सहचारीको समेत उपस्थिती रहेको थियो ।

उक्त भेटघाट पश्चात, फ्रान्सका गैह्र आवासीय सैनिक सहचारी र सहायक सैनिक सहचारीले सैनिक ईन्टेलिजेन्स निर्देशनालयका निर्देशक सहायक रथी सागर बहादुर थापा तथा विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी याम प्रसाद ढकालसँग भेटघाट गर्नुका साथै  महाराजगञ्‍जस्थित प्यारा तालिम शिक्षालयको अवलोकन भ्रमण समेत गरेका थिए ।

यस किसिमको भेटघाट तथा समय समयमा हुने भ्रमणबाट दुई देशबीच रहेको सम्बन्ध थप प्रगाढ हुनुको साथै दुई देशका सेनाबीच रहँदै आएको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाई क्षमता अभिबृद्धि गर्न मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस