काठमाडौँ । प्रधान सेनापति अशोक राज सिग्देलले नेपाल सरकारको २०८२ चैत २२ गतेको निर्णयअनुसार उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी पदमबहादुर बुढा (पिएच.डी.) र सहायक रथी पवन खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
जंगी अड्डामा २०८२ चैत २७ गते आयोजित एक कार्यक्रममा प्रधान सेनापति सिग्देलले उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। पदोन्नतिसँगै उनीहरूलाई उपरथीको जिम्मेवारी औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।
कार्यक्रममा बलाधिकृत, रथीवृन्द, अधिकृत तथा पदोन्नति भएका रथीवृन्दका परिवारजनको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ चैत्र २०८२, १२ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री अर्याल र प्रधान सेनापतिबीच छलफल
निर्वाचन सुरक्षा तयारी प्रभावकारी बनाउन प्रधान सेनापतिको निर्देशन
प्रधान सेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान