प्रधान सेनापतिद्वारा तीन सहायक रथीलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

सफल खबर संवाददाता

बुधबार, १६ बैशाख २०८३, १२ : ४५
प्रधान सेनापतिद्वारा तीन सहायक रथीलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३ वैशाख १० गतेको निर्णय अनुसार उपरथी दर्जामा बढुवा भएका प्राविधिक सहायक रथी डा. भरत बहादुर भण्डारी, सहायक रथी माधव थापा र सहायक रथी शक्ति जंग बस्नेतलाई प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बुधवार जङ्गी अड्डामा उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

उक्त कार्यक्रममा नेपाली सेनाका बलाधिकृत, रथीवृन्द, अधिकृत लगायत पदोन्नति हुनुभएका रथीवृन्दका परिवारजनको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस