काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी भोला नाथ थापालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
सैनिक मुख्यालय जङगी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापतिले भाद्र ०९ गतेको मितिबाट उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी भोला नाथ थापालाई आज दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । पदोन्नतिसँगै उपरथी थापा निरीक्षणाधिकृतमा नियुक्त भएका छन् ।
यस्तै प्रधान सेनापतिले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका प्राविधिक महासेनानी विश्व बन्धु पहाडीलाई पनि सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ भदौ २०८२, १२ : ५७
लेखकबाट थप