चितवन । भरतपुर महानगरपालिका प्रमुख पदमा सत्तारुढ गठबन्धनकी उम्मेदवार रेनु दाहालले फराकिलो अन्तरले अग्रता कायम राख्न सफल हुँदै गएकी छिन् ।
पछिल्लो मत परिणाम अनुसार २३ हजार ५८५ मत गणना हुँदा रेनुले ८ हजार २६९ मत पाएकी छन् । ८२१ मतको अन्तरले उनी अग्रस्थानमा छिन् ।
यस्तै, नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ७ हजार ४४८ मत पाएका छन् । अर्का प्रमुख पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ८५८ मत पाएका छन् ।
उपप्रमुख पदमा भने नेपाली काँग्रेसका चित्रसेन अधिकारी ९ हजार ९३८ मतका साथ अग्रस्थानमा छन् । अर्का प्रतिष्पर्धी राप्रपाकी हिमला गुरुङले ६ हजार १४३ मत पाएकी छन् । त्यस्तै जारी गणनामा ६ नम्बर वडाको वडाध्यक्षमा काँग्रेस उम्मेदवार कृष्णलाल श्रेष्ठले ८२० मत ल्याई अग्रस्थानमा छन् भने एमालेका उम्मेदवार डोल नारायण अधिकारीले ६७३ मतले पछ्याईरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ जेठ २०७९, ०६ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहोर प्रशोधन केन्द्रका लागि वन क्षेत्रको जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा, भरतपुर महानगरद्वारा थप बजेट सुनिश्चित
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान