काठमाडौं । भारतले गहुँ निर्यातमा अस्थायी रोक लगाएको छ । भारतको यो निर्णयसँगै अब नेपालमा भारतबाट गहुँ आउने छैन ।
रुस–युक्रेन युद्धका कारण भारतमा गहुँ लगायतका खाद्य वस्तुको मूल्यवृद्धि भएपछि भारतको वैदेशिक व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै गहुँ निर्यातमा अस्थायी रोक लगाएको जनाएको हो ।
भारतको यो निर्णयले नेपाल लगायत थुप्रै देशलाई असर गर्ने जनाइएको छ । भारत विश्वको दोस्रो ठूलो गहुँ उत्पादक राष्ट्र हो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा भारतबाट नेपालमा ५ अर्ब ९७ करोड २२ लाख २५ हजार रुपैयाँको गहुँ भित्रिएको थियो । उक्त मूल्यमा भारतबाट नेपालमा १८ करोड ९ लाख २० हजार ५६४ केजी गहुँ आएको थियो ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले कूल ११ अर्ब ९७ करोड ६८ लाख ७६ हजार रुपैयाँको गहुँ भारतबाट आयात गरेको थियो । सो मूल्यमा ३८ करोड ८२ लाख ७८ हजार ८७७ केजी गहुँ नेपाल भित्रिएको थियो ।
नेपालमा भित्रने सबै गहुँ भारतबाट मात्रै आउने गरेको थियो । भारतले रोक लगाएपछि अब नेपालमा पनि गहुँको अभाव हुने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ बैशाख २०७९, ११ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
‘चाडपर्व छोडेर काम खोज्न भारत’
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’
आज भारतको ७९औँ स्वतन्त्रता दिवस, मोदीद्वारा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण
थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति