कपिलवस्तु । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्नबाट बन्चित भएका छन् ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा रहेको मतदान केन्द्रबाट मतदान गर्ने तयारी गरेका उनले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्न नपाएकाे विप्लवका स्वकीय सचिव असल क्षेत्रीले जानकारी दिए ।
माओवादीमा अलग भएपछि निर्वाचन बहिस्कार गर्दै आएका विप्लव यसपटक भने मतदान गर्न भन्दै कपिलवस्तु आइपुगेका हुन् । देशभर शुक्रबार स्थानीय तह निर्वाचन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० बैशाख २०७९, १० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावलाई संघर्षको मोर्चाका प्रयोग गर्दा जनताले सकारात्मक सद्भाव राखेको पाइयो : विप्लव
रोल्पाबाट विप्लवले गरे मतदान
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह