काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) २०७९–८० को बजेटमा कृषि, उत्पादन र रोजगारीलाई उच्च प्राथमिकता दिने भएको छ ।
अर्थ मन्त्रालयका अनुसार अहिले बाह्य क्षेत्रमा दबाब परेकाले अबको बजेट अर्थतन्त्र सुधार्न कृषि, रोजगारी र उत्पादनमूलक क्षेत्रलाई केन्द्रमा राखेर ल्याइनेछ । ‘कृषिक्षेत्रमा हामी खस्किँदै गएका छौं । गतवर्ष ३ खर्ब २५ अर्बको कृषिजन्य वस्तुको आयात भएको थियो ।
अब कृषिमा फरक नीति र कार्यक्रम हुनैपर्छ,’ शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले भने, ‘उत्पादनमा आधारित अर्थनीतिलाई अगाडि बढाउने गरी बजेट आउँछ ।’
उनले बाह्य क्षेत्र र मुद्रास्फीतिमा थोरै दबाब भए पनि अर्थतन्त्रमा रहेको यो समस्या चाँडै समाधान हुने दाबी पनि गरे । ‘कोभिडपछि एकैपटक अर्थतन्त्र चलायमान हुन खोज्दा बाह्य क्षेत्रमा दबाब देखिएको हो । यो छिट्टै नियन्त्रणमा आउँछ,’ सल्लाहकार डा। उप्रेतीको भनाइ थियो । उप्रेतीले कर्जा लगानी उच्च हुँदा पनि समस्या देखिएको बताए ।
‘मौद्रिक नीतिले १९ प्रतिशत कर्जा विस्तार हुने अनुमान गरे पनि शुरूमै लक्ष्यको ३८ प्रतिशतसम्म भयो । त्यससँगै आयात पनि ह्वात्तै बढ्यो । त्यसकारण बाह्य क्षेत्रमा दबाब पर्यो । उच्च आयातले समस्या देखिएको हो,’ उनले भने । उप्रेतीले अहिलेको दोस्रो चाप मूल्यवृद्धि भएको धारणा राखे ।
उनले चालू आवमा ६ दशमलव ५ प्रतिशत मूल्यवृद्धि हुने अनुमान भए पनि रूस–युक्रेन तनावका कारण ७ दशमलव १ प्रतिशत पुगेको बताए । उप्रेतीले चालू आवको आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्ने सम्भावना रहे पनि प्राकृतिक विपत्तिका कारण सम्भव नभएको जानकारी दिए । आर्थिक अभियान दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २५ बैशाख २०७९, ०७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भदौ दोस्रो साताभित्र बजेट ल्याइसक्ने लिखित प्रतिबद्धता
एक सयभन्दा बढी स्थानीय तहले अझै ल्याएनन् बजेट
अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट
काठमाडौँ महानगरको बजेट आइतबार ल्याइने
सुदूरपश्चिमको बजेट प्रदेश सभाबाट पारित