पूर्व अर्थमन्त्री विष्णु पौडेललाई लगियो विशेष अदालत

सफल खबर संवाददाता

मंगलबार, ०९ असार २०८३, १६ : २४
पूर्व अर्थमन्त्री विष्णु पौडेललाई लगियो विशेष अदालत

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई अदालत पेस गरिएको छ। सोमबार सुर्खेतबाट पक्राउ परेका उनलाई काठमाडौं ल्याएर आज सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा हाजिर गराइएको थियो।

विभागले करिब दुई घण्टा सोधपुछ गरेपछि पौडेललाई थपा अनुसन्धानका लागि म्याद माग्दै विशेष अदालत लगिएको हो । 

 

प्रतिक्रिया दिनुहोस