जनकपुर । आसन्न स्थानीय तह निर्वाचन नजिकिदैं गर्दा जनकपुरमा एक उम्मेदवारको बुवामाथि धारिलो हतियार प्रहार गरि आक्रमण गरिएको छ ।
नेकपा (माओवादी केन्द्र) का तर्फबाट धनुषाको कमला नगरपालिका–१ को वडाध्यक्ष पदमा उमेदवारी दिएका सर्वदेव यादवका बुवा ७० वर्षीय चन्द्रनारायण यादवमाथि बुधबार राति धारिलो हतियार प्रहार गरिएको हो । गम्भीर घाइते भएका यादवको अहिले प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।
मग्राहा स्थित घरमा वडाध्यक्षका उमेदवार सर्वदेवलाई आक्रमण गर्न गएको अज्ञात समूहले ढोका फोड्न नसकी बाहिर बरन्डामा सुतेका उनका बुवालाई आक्रमण गरेको हुन सक्ने प्रहरीको अनुमान छ । घाइते यादवको शरीरका विभिन्न भागमा खुकुरी र चक्कु प्रहार गरिएको उनका नाति सुरेन्द्र यादवले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ बैशाख २०७९, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्ववियु चुनावमा उम्मेदवारी दिएकाहरूको आज उम्मेदवारी फिर्ता लिने दिन
आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने
कीर्तिपुरमा जसपा नेपालबाट तेस्रो लिङ्गी उम्मेदवार
कीर्तिपुरको मेयरमा नेमकिपाका महर्जनको उम्मेदवारी