चितवन । पाँचौ गणेश बहादुर स्मृति जिल्ला स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता शनिबारदेखि सुरू हुने भएको छ । युनिक क्लब बसेनी भरतपुरको आयोजनामा हुने प्रतियोगिता बैशाख २४ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा चितवन, नवलपुर र मकवानपुरका गरी १६ टोली सहभागी छन् । सहभागी टिमलाई समूहमा विभाजन गरिएको छ । समूह ुएु मा टाइगर युथ क्लब, हर्दी युवा समाज, पदमपोखरी फुटबल ट्रेनिङ सेन्टर हेटौंडा, रामपुर फुटबल क्लब रड्स, केबिए ग्लोबल भरतपुर फुटबल क्लब ९बिएफसी० सौराहा युवा समाज, एफसी नौरङ्गे र नारायणी मोटर्स युनिक क्लब बसेनी एु रहेका छन् ।
समूहमा बी मा सेन्ट्रल कलेज एभरेष्ट क्लब, कैलाश युवा क्लब, भरतपुर २९, देवचुली ११ नवलपुर, युनिक क्लब बसेनी ुबीु नयाँबस्ती फुटबल ट्रेनिङ सेन्टर, नारायणी एफसी र एफसी भरतपुर ९ रहेका छन् । दुबै समूहबाट एक-एक टोली फाइनल प्रवेश गर्नेछ ।
प्रतियोगिताका खेलहरु भरतपुर ११ कैलाश टोलस्थित मैदानमा हुनेछ । उद्घाटन खेलमा शनिबार टाइगर युवा क्लब र हर्दी युवा समाज भिड्नेछन् । खेल दिउँसो ३ बजे हुने आयोजक युनिक क्लबका अध्यक्ष दीपक गुरुङले जानकारी दिए । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको उनले बताए ।
प्रतियोगिताको विजेताले एक लाख २० हजार तथा उपविजेताले ६० हजार प्राप्त गर्नेछन् । सर्वोकृष्ट खेलाडीले पाँच हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्स, स्ट्राईकर, उच्च गोलकर्ता तथा उदयमान खेलाडीले नगद तीन-तीन हजार प्राप्त गर्ने संयोजक निर्मल अंगाईले जानकारी दिए । नारायणी मोटर्स मुख्य प्रायोजक रहेको प्रतियोगिताको सह(प्रायोजकमा सेन्ट्रल कलेज रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ बैशाख २०७९, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण खेल आज
म्यानमारविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा
फिल्म पर्यटनका लागि हिमालमा फुटबल खेल्दै सेलेब्रेटीहरु
फुटबलर विमल घर्ती मगर बाँधिए वैवाहिक बन्धनमा
संकटाको युवा टिमले मोरक्कोमा फुटबल प्रतियोगिता खेल्ने
महिला फुटबल टोली आज बंगलादेश जाने