हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हेटौँडा उपमहागरपालिकाका उम्मेदवारले मन्दिरमा गएर सपथ लिएका छन् ।
हेटौँडा मेयर पदका उम्मेदवार दिपकबहादुर सिंह, उपमेयर उम्मेदवार इन्दिरा न्यौपानेसहित १९ वटै वडाका उम्मेदवारलाई हेटौँडा–४ स्थित भुवनेश्वर मन्दिरमा सामूहिकरुपमा ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो’ भनेर सपथ लिएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता नवराज विष्टले सपथ ग्रहण गराएका थिए । मेयरका उम्मेदवार सिंहले हेटौँडाको विकासमा समर्पित भइ यहाँको सुनौलो भविष्यको लागि आफूले निःस्वार्थ योगदान गर्ने बताए । उपमेयरकी उम्मेदवार न्यौपानेले हेटौँडाको मुहार फेरिने दाबी गरिन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ बैशाख २०७९, १० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२०७९ मा भन्दा झण्डै प्रत्यक्षमै एक हजार बढी उम्मेदवार
उम्मेदवार खरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन
उम्मेदवारको नामावली आज प्रकाशन हुँदै
पत्रकार पन्त गोरखाबाट उम्मेदवार सिफारिस
एमालेले टुंग्यायो राष्ट्रिय सभाका लागि ६ जना उम्मेदवार
ओली पक्षले बाँड्यो उम्मेदवारको सूची