काठमाडौं । नेपाली काँग्रेसले चुनावमा टिकट वितरणका लागि संसदीय समिति गठन गरेको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय समिति गठन गरेको हो ।
काँग्रेस विधानमा २५ जनाको संसदीय समिति हुने व्यवस्था गरेपनि हाललाई पार्टीका पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेललाई मात्रै समेटेर गठन गरिएको छ । जुन १४ जनामा सीमित भएको छ ।बाँकी सदस्य पछि थपिने उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।
कार्यसम्पादन समितिको बैठकले महानगरपालिकाको उम्मेदवार टुंगो लगाउने अपेषा गरिएपनि अब संसदीय समितिले नै उम्मेदवारबारे टुंगो लगाउनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ बैशाख २०७९, १६ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसको देउवा पक्षको सुदूरपश्चिमस्तरीय भेला धनगढीमा सुरु
सदनको मर्यादा र सरकारको जवाफदेहिताबारे काँग्रेसको प्रश्न
प्रदेश सरकार फेरबदलमा नेकपालाई समेट्ने कांग्रेस–एमाले तयारी
संक्रमणकालीन न्याय सम्बन्धी आयोग सक्रिय पार्न कांग्रेसको माग
संसदीय सुनुवाइमा काँग्रेसको प्रश्न : बेञ्च-बार सम्बन्ध सुधार कसरी गर्ने ?
सीमावर्ती क्षेत्रमा अदालतको आदेश कार्यान्वयन नभएको भन्दै सरकारप्रति काँग्रेसको असन्तुष्टि