काठमाडौं । नेपाली मोडलिङ क्षेत्रमा नयाँ प्रतिभाको रूपमा अस्मिता बुढा मगरको प्रवेश भएको छ। म्युजिक भिडियो 'रानीफूलैमा' मा उनको पहिलो अभिनय रहेको छ ।
रोल्पामा जन्मिएकी अस्मिता आफूले यही क्षेत्रमा भविष्य बनाउन चाहेको बताइन् । यही सपना बोकेर रोल्पाबाट सपना बोकेर काठमाडौँ बताउने उनले पहिलो अवसर रानीफूलैमा पाएको बताइन् ।
'पहिलो पटक मोडलिङ गरेको गीतलाई नै दर्शक र श्रोताहरूले यति धेरै मन पराइदिनुहुन्छ भन्ने सोचेकी थिइनँ,' अस्मिताले भनिन्, 'यस सफलताले मलाई कला क्षेत्रमा अझै मेहनत गर्ने प्रेरणा दिएको छ।'
सार्वजनिक भएको एक दिनमै गीतले १ लाख ६० हजार भन्दा बढी भ्युज बटुलिसकेको छ । दीपक घर्ती मगरको युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा निता थापा मगर, कमल घर्ती मगर, सुनिता थापा र दीपककै स्वर रहेको छ ।
सिद्धार्थ आले मगर र कमल घर्ती मगरको लिरिक्स रहेको गीतमा कमल घर्ती मगरकै संगीत रहेको छ । गीतमा अस्तिमा बाहेक अजय पुन मगर, दीपक घर्ती मगर र पुष्पा सेन्चुरीले समेत अभिनय गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० जेठ २०८३, २० : ५४
लेखकबाट थप