काठमाडौँ । नेपाली काँग्रेसले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई प्रतिनिधि सभामा उपस्थित गराई जवाफदेही बनाउन सभामुखमार्फत निर्देशन दिन माग गरेको छ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै काँग्रेसका सचेतक निष्कल राईले सरकारलाई संसद्प्रति उत्तरदायी बनाउन खोज्दा अपेक्षित सहयोग नपाएको बताएका हुन्। उनले पछिल्ला बैठकहरूमा प्रतिपक्षी दलले सरकारको उपस्थिति र जबाफदेहिताको माग गर्दै प्लेकार्ड प्रदर्शन गरिरहेको उल्लेख गरे।
सभामुखले उक्त गतिविधिलाई अमर्यादित व्यवहारका रूपमा टिप्पणी गरेको विषयप्रति असन्तुष्टि जनाउँदै उनले विगतमा वर्तमान सत्तारुढ दलले प्रतिपक्षमा रहँदा अपनाएको शैली स्मरण गराए।
राईले त्यस समयमा सरकारसँग उत्तर माग्दै सत्तारुढ दलका नेताहरूले संसद्को वेल घेर्ने, नीलो स्कार्फ प्रयोग गर्ने तथा वेलमा बसेर विरोध जनाउने अभ्यास गरेको उल्लेख गरे। उनले त्यतिबेला भएका गतिविधिलाई संसदीय अभ्यास मान्ने तर अहिले प्रतिपक्षले अपनाएको शैलीलाई अमर्यादित भन्नु दोहोरो मापदण्ड भएको टिप्पणी गरे।
उनले संसदीय मर्यादा र विरोधका अभ्यासबारे समान दृष्टिकोण आवश्यक रहेको उल्लेख गर्दै सरकार र संसद् दुवैले जबाफदेहितालाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ जेठ २०८३, १२ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रदेश सरकार फेरबदलमा नेकपालाई समेट्ने कांग्रेस–एमाले तयारी
संक्रमणकालीन न्याय सम्बन्धी आयोग सक्रिय पार्न कांग्रेसको माग
संसदीय सुनुवाइमा काँग्रेसको प्रश्न : बेञ्च-बार सम्बन्ध सुधार कसरी गर्ने ?
सीमावर्ती क्षेत्रमा अदालतको आदेश कार्यान्वयन नभएको भन्दै सरकारप्रति काँग्रेसको असन्तुष्टि
प्रधानमन्त्रीले संसद् अवहेलना गरेको काँग्रेसको आरोप
गणतन्त्र दिवसकै दिन नयाँ पार्टी घोषणा गर्ने तयारीमा खड्का समूह