काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने उद्देश्यसहित तयार गरिएको प्रारम्भिक सम्झौता अन्तिम चरणमा पुगेको दाबी गरेका छन्।
अमेरिका, इरान र मध्यस्थ गरिरहेका राष्ट्रहरूबीच वार्ताका अधिकांश विषयमा सहमति भइसकेको र अब केवल अन्तिम रूप दिन बाँकी रहेको ट्रम्पले आइतबार बताएका छन्।
अमेरिका इरान युद्ध विराम गम्भीर मोडमा पुगेपछि युद्ध अन्त्यको अन्तिम प्रयन्त गर्न पाकिस्तानी सेना प्रमुख असिम मुनिर तेहरान गएका थिए। उनले त्यहाँ राजनीतिकसँगै सैन्य नेतृत्वहरूसँग कुरा गरेका थिए। प्रस्तावित ढाँचाअनुसार अमेरिका र इरानबीच ३० दिनको प्रारम्भिक वार्ता अवधि रहनेछ भने आवश्यक परे यो अवधि एक महिनासम्म थप गर्न सकिने व्यवस्था पनि रहने बताइएको छ।
‘अमेरिका, इरान र मध्यस्थ राष्ट्रहरूबीच अधिकांश सर्तमा सहमति भइसकेको छ, अन्तिम विवरण छिट्टै सार्वजनिक गरिने’ ट्रम्पले भनेका छन्।प्रस्तावित सम्झौतामा इरानले आफ्नो उच्च प्रशोधित युरेनियम भण्डार त्याग्ने प्रारम्भिक सहमति भएको न्युयोर्क टाइम्सले जनाएको छ
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० जेठ २०८३, ११ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति ट्रम्पले सार्वजनिक गरे आफ्नै क्रिप्टोकरेन्सी
राष्ट्रपति ट्रम्पले सार्वजनिक गरे आफ्नै क्रिप्टोकरेन्सी
युद्ध विराम उल्लंघन भइरहे इरानको अस्तित्व मेटिने राष्ट्रपति ट्रम्पको धम्की
इरानसँग चौबीसै घण्टा संवाद भइरहेको राष्ट्रपति ट्रम्पको दाबी
खाडी मुलुकको अनुरोधमा इरानमाथि नयाँ आक्रमण स्थगित गरेको राष्ट्रपति ट्रम्पको दाबी
राष्ट्रपति ट्रम्प चीन भ्रमणमा जाँदै, जिनपिङसँग विशेष वार्ता हुने