काठमाडौं । घरेलु कोर्टमा भइरहेको काभा महिला भलिबल च्याम्पियनसिप अन्तर्गत समूह ए को दोस्रो खेलमा नेपालले आज किर्गिस्तानसँग खेल्दैछ ।
पहिलो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग पाँच सेटको प्रतिस्पर्धात्मक खेलमा पराजित भएको नेपाल पहिलो जित हात पार्ने लक्ष्यमा छ ।
सेमिफाइनल सम्भावना बलियो बनाउन नेपालले किर्गिस्तानलाई हराउनुपर्नेछ ।
पहिलो खेलमा माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै कीर्गिस्तानले ३ अंक जोडेको छ । समूह ए मा किर्गिस्तान ३ अंकसहित शीर्ष स्थानमा छ । भारतको २ र नेपालको १ अंक छ भने माल्दिभ्स अंकविहीन छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ जेठ २०८३, ११ : २०
लेखकबाट थप