ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा

सफल खबर संवाददाता

आइतबार, १० जेठ २०८३, १९ : ३७
ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा

काठमाडौँ । ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ नामक अभियान घोषणा गरिएको छ। काठमाडौँमा आयोजित कार्यक्रममा अभियानको औपचारिक घोषणा गर्दै ३३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो।

अभियानले मुलुकमा सुशासन, पारदर्शिता, सामाजिक न्याय तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई मुख्य उद्देश्यका रूपमा अघि सारेको जनाएको छ। कार्यक्रममा सहभागीहरूले राज्य सञ्चालनमा जबाफदेहिता, नागरिक सहभागिता र सार्वजनिक सेवामा प्रभावकारिता अभिवृद्धि गर्न आवश्यक रहेको धारणा राखेका थिए।

घोषणासँगै सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा सामाजिक, आर्थिक तथा प्रशासनिक क्षेत्रका विभिन्न विषय समेटिएको बताइएको छ। अभियानले नागरिक केन्द्रित शासन प्रणाली सुदृढ बनाउने तथा सार्वजनिक नीतिमा सुधार आवश्यक रहेको विषयलाई प्राथमिकताका साथ उठाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस