हेटौंडा । नेपाली कांग्रेस बकैया गाउँपालिकाले गठबन्धन नगर्ने निर्णय गरेको छ । आइतबार जिल्ला पार्टी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलन गर्दै बकैया गाउँपालिकाको सबै वडामा मित्रवत् प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् ।
गठबन्धन गर्दा कांग्रेसलाई अल्पकालीन फाइदा भए पनि दीर्घकालीन रुपमा कम्युनिष्ट विस्तारलाई मलजल गरि नेपालको लोकतान्त्रिक आन्दोलनालाई खुम्च्याउने अवस्था आउने विज्ञप्तिमा उल्लेख छ ।
गाउँपालिकाका कार्यसमितिको सबै पदाधिकारी र १२ वटै वडाका सभापतिहरूको हस्ताक्षरित विज्ञप्तिमा कुनै दलसँग गठबन्धन गर्ने वा नगर्ने भन्ने निर्णय स्थानीय समितिले गर्ने हुनाले मित्रवत् प्रतिस्पर्धामा जाने निर्णय गरिएको उल्लेख छ ।
कांग्रेस बकैया गाउँपालिकाका सभापति दिलबहादुर बोम्जन लामाले आम कार्यकर्ताको अनुरोधमा गठबन्धन नगर्ने निर्णय गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ बैशाख २०७९, १५ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विवादमा गोकुल बाँस्कोटाको टिप्पणी : खेल खेलाडीका, जित अनाडीका
गगनले दिएको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निर्वाचन परिणाममा ‘प्रतिक्रिया मत’को प्रभाव देखिएको काँग्रेसको निष्कर्ष
नेविसंघको निर्णय अराजनीतिक र अवैधानिक भन्दै काँग्रेसले दियो कारवाहीको चेतावनी
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै