काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समीक्षा प्रतिवेदन केन्द्रमा पठाउन आफ्ना मातहतका संरचनाहरूलाई निर्देशन दिएको छ।
पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार तल्ला तहका सबै कमिटीलाई निर्वाचन परिणाम, अनुभव र सुधारका सुझाव समेटेर प्रतिवेदन तयार गर्न भनिएको छ।
अहिले वडा तहदेखि नै समीक्षा प्रक्रिया सुरु भइसकेको र क्रमशः पालिका, जिल्ला तथा प्रदेश हुँदै केन्द्रसम्म प्रतिवेदन आइपुग्ने जनाइएको छ।
प्राप्त सुझाव तथा विश्लेषणका आधारमा केन्द्रीय तहमा थप समीक्षा गरिने पार्टीले जनाएको छ। यसका लागि निकट भविष्यमा केन्द्रीय सचिवालय र केन्द्रीय कमिटी बैठक आह्वान गर्ने तयारी भइरहेको जानकारी दिइएको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष नेतृत्वले अपेक्षित परिणाम हासिल गर्न नसकेको पृष्ठभूमिमा एमालेले संगठनात्मक समीक्षा प्रक्रियालाई प्राथमिकता दिएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ चैत्र २०८२, २० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग