काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नाममा कांग्रेस खराब प्रवृत्तिका मानिसलाई साथ दिएको टिप्पणी गरेका छन् । एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै ओलीले कांग्रेसले हाप्सिलो बोकेर हिँडेको टिप्पणी गरेका हुन् ।
‘कांग्रेस प्रतिस्पर्धी हुन्थ्यो,’ ओलीले भने, ‘कांग्रेस अलच्छिनजति बोकेर हिँडेको छ । कोही हाप्सिलोजस्ता छन् । कतै जान लाग्दा अलच्छिन लगाउने गरी हाप्सिलो कराउँछ । हाप्सिलै हाप्सिलो काँधमा बोकेर कांग्रेस हिँडेको छ । योभन्दा अलच्छिन के हुन्छ ?’ गठबन्धनसँगै कांग्रेस पनि सकिने ओलीको दाबी छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ बैशाख २०७९, १४ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवा, ओली र प्रचण्डलाई भेट्दै संचारमन्त्री खरेल
देउवा र ओलीबीच महाराजगञ्जमा भेटवार्ता जारी
एमाले नेतृत्वमाथि भौतिक हमला हुन सक्छ, त्यो दिन देश ठप्प हुनुपर्छ’ : ओली
एघारौं महाधिवेशनको उद्घाटन सत्रमा ओलीले के भने ? (पूर्णपाठ)
‘म ढुक्कले भन्छु, एमाले अजम्बरी छ : ओली
‘हाम्रो राजनीति केवल सत्ता बदल्ने होइन, सुरक्षाको अनुभूति दिने राजनीति हो’: ओली