काठमाडौँ । प्युठानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। जिल्लाको प्युठान-दाङ सडक खण्ड अन्तर्गत माण्डवी गाउँपालिका-१ देविस्थान क्षेत्रमा मारुती भ्यान दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार लुप्र ०२-००१ ज ०१०४ नम्बरको उक्त भ्यान सडकबाट करिब दुई सय मिटर तल खसेको थियो। दुर्घटनापछि भ्यानमा सवार दुवै जनाको घटनास्थलमै ज्यान गएको पुष्टि गरिएको छ।
घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय प्युठानको टोलीले आवश्यक अनुसन्धान तथा उद्धार कार्य अघि बढाएको जनाएको छ। मृतकहरूको पहिचान भने हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ जेठ २०८३, २० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्युठानमा भ्यान दुर्घटना, दुई जनाको मृत्यु