काठमाडौ । लोक दोहोरी गीतमा अश्लीलता र छाडा शैली प्रयोग गरिएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ ।
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतम र सचिव कमल सरगमले गायक प्रकाश अधिकारी र गायिका कोपिला छिनालविरुद्ध किटानी जाहेरी दिएका हुन् ।
उजुरीमा गीतमा प्रयोग भएका शब्द, हाउभाउ र दृश्यले सामाजिक मर्यादा उल्लङ्घन गरेको तथा युवा पुस्तामा नकारात्मक असर पर्ने उल्लेख गरिएको छ ।
विवादित गीत केही दिनअघि युट्युबमा सार्वजनिक गरिएको थियो । चौतर्फी आलोचनापछि उक्त गीत हटाइएको बताइएको छ ।
सचिव सरगमले लोकसंगीत नेपालको संस्कृति र पहिचान भएकाले भाइरल हुने नाममा अश्लीलता फैलाउन नपाइने बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ बैशाख २०८३, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वागत नेपाललाई साइबर ब्युरोले बोलायो