काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा उमेश श्रेष्ठलाई मनोनीत गरेको छ।
पार्टी सभापति गगनकुमार थापा ले श्रेष्ठलाई उक्त जिम्मेवारी प्रदान गरेका हुन्। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार पार्टी विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (४) बमोजिम उनलाई कोषाध्यक्ष पदमा नियुक्त गरिएको हो।
श्रेष्ठ यसअघि पनि शेरबहादुर देउवा पार्टी सभापति रहेका बेला कोषाध्यक्षको जिम्मेवारीमा रहिसकेका छन्।
पूर्वराज्यमन्त्रीसमेत रहेका श्रेष्ठ व्यावसायिक क्षेत्रमा सक्रिय रहँदै शिक्षा र कृषि क्षेत्रमा संलग्न हुँदै आएका छन्।
उनी २०७८ साल मंसिरमा सम्पन्न पार्टीको १४औँ महाधिवेशनबाट जनजाति क्लस्टरतर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। हालै सम्पन्न विशेष महाधिवेशनपछि उनलाई पुनः केन्द्रीय सदस्यमा मनोनयन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ जेठ २०८३, १९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ
कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोपमा कांग्रेसका स्थानीय नेता पक्राउ
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)