काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने परिवारसहित नगरकोट पुग्नुभएको छ। पार्टीको महाधिवेशनको व्यस्तता र निरन्तरको राजनीतिक दौडधूपबाट केही समय आराम (रिफ्रेसमेन्ट) का लागि उहाँ नगरकोट जानुभएको हो।
सभापति लामिछाने काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका वडा नं. २, बालुवापाटीस्थित 'होटल माउन्टेन मिस्टिक' मा बस्नुभएको छ।
रास्वपा स्रोतका अनुसार निरन्तरको पार्टी कामले गर्दा थकित हुनुभएका लामिछाने आज दिउँसो त्यहाँ पुग्नुभएको हो। यो बसाइ पूर्ण रूपमा पारिवारिक र निजी रहेको बताइएको छ। उहाँ भोलि मात्रै नगरकोटबाट काठमाडौँ फर्किनुहुने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ जेठ २०८३, २० : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि