काठमाडौं । काठमाडौं महानगरपालिकाले मनोरञ्जन करअन्तर्गत चलचित्र, दोहोरी साँझदेखि क्यासिनो जानेलाई अलगअलग करको दर कायम गरेको छ । काठमाडौं महानगरपालिका राजश्व विभागका अनुसार दोहोरी साँझ जानेलाई २० रुपैयाँ र क्यासिनो छिर्नेलाई ५० रुपैयाँ ब्यक्तिगत कर बुझाउन निर्देशन दिएको हो ।
विभागका अनुसार भिडियो घर, कन्सर्ट, दोहोरी साँझ, डान्सबार तथा नाइट क्लब प्रवेश गर्ने ग्राहकवाट प्रति ब्यक्ति २० रुपैँया र क्यासिनो प्रवेश गर्ने ग्राहकवाट प्रति ब्यक्ति ५० रुपैयाँ कर उठाउन निर्देशन दिएको हो ।
यसैगरी, चलचित्र घरमा चलचित्र प्रदर्शन गर्दा दर्शकहरुवाट प्रति टिकट ५ प्रतिशत र सांस्कृतिक प्रदर्शन हल, नाटकघर, फन पार्क, वाटर गार्डेन, बाल उद्यान, फुटसल, जुम्बा, मसाज एन्ड एस्पा, स्विमिङ पुल र पार्क प्रवेश गर्दा एकमुष्ठ प्रति टिकट ५ प्रतिशत बुझाउन पनि राजश्व बिभागले निर्देशन दिएको छ ।
बाग्मती प्रदेशको आर्थिक ऐन–२०७८ को अनुसूची ३ ले तोकेअनुसार उक्त दररेट कायम गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ चैत्र २०७८, ०८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
भैरहवाको क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने
प्राइड क्यासिनोबाट १४ करोड लुटेको आरोपमा दुईजना पक्राउ
क्यासिनोलाई थप कानूनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन
क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने