काठमाडौँ । बौद्ध स्थित पाँचतारे होटल हायात रिजेन्सी परिसरमा सञ्चालित प्राइड क्यासिनोबाट रकम लुटेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा हायात होटलमा सञ्चालित प्राइड इन्टरटेनमेन्ट प्रालीमा लुटपाट भएको थियो ।
लुटमा संलग्न आरोपमा पक्राउ पर्नेमा दावा सेट्टी र रञ्जित खड्गी ‘रणे’ छन् । उनीहरूलाई काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले बताए ।
गुण्डागर्दी पृष्ठभूमिका सेट्टी र रणेले खुकुरी बोकेर क्यासिनोमा प्रवेश गरेर लुटपाट गरेर हिँडेको भिडियोमा देखिन्छ । उनीहरुले क्यासिनोबाट १४ करोड नगद लुटपाट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
बौद्ध क्षेत्रमा गुण्डागर्दी गर्दै आएका उनीहरुले यसअघि क्यासिनोमा भारतीयको परिचयपत्र बनाएर नेपालीलाई प्रवेश गराउने गरेको आरोप छ । बौद्ध क्षेत्रमा उनीहरुले हप्ता असुली समेत गर्ने गरेको स्थानीयहरू बताउँछन् ।
होटल हायात रिजेन्सीले जेनजी प्रदर्शनमा भएको लुटपाट र आगजनीबारे अनुसन्धान गर्न प्रहरीमा जाहेरी दिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ मंसिर २०८२, ०८ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
भैरहवाको क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने
क्यासिनोलाई थप कानूनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन
क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने
अनुमति नलिएका क्यासिनोले विदेशी मुद्राको कारोबार गर्न नपाउने