चीन । चीनको सबैभन्दा बढी जनसंख्या भएको सहर संघाईमा १४ गतेदेखि दुई वर्षपछि सबैभन्दा कडा लकडाउन लागू गरिएको हो ।
काठमाडौं । चीनमा पछिल्ला केही दिनयता कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्न थालेको बताइएको छ । चीनमा आज आइतबार एकै दिनमा १३ हजार १ सय ४६ जना कोरोना संक्रमित फेला परेका छन् ।
यो संख्या दुई वर्षअघि चीनमा सुरू भएको कोरोना पहिलो लहरपछिको अहिलेसम्मकै उच्च हो । चीनमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन एक दर्जनभन्दा बढी प्रान्तहरूमा फैलिएको छ । संक्रमितहरूमध्ये १४ सय ५५ जनामा कोरोना लक्षण देखिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले एक विज्ञप्तिमा भनेको छ ।
कोभिड महामारीको केन्द्रबिन्दु बनेको चीनको संघाईमा झन्डै साढे २ करोड मानिस घरभित्रै बसेका छन् । कोरोना संक्रमण फेरि देखिएसँगै प्रभावित प्रान्तका सहरमा सरकारले आवत जावतमा कडाइ गरेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २० चैत्र २०७८, १४ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल