काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री धवल शम्मशेर राणाबीच भेटवार्ता भएको छ । नेपालगञ्जको स्नेहा होटलमा बिहीबार राति दुई नेताबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको हो ।
स्थानीय तहको निर्वाचनको सरगर्मी बढ्दै जाँदा एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीचको भेट अर्थपूर्ण छ । महामन्त्री डा.राणा नेपालगञ्ज उपमहानगरपालिकाको मेयर समेत हुन् ।
अध्यक्ष ओली र महामन्त्री राणाबीच समसामयिक राजनीतिक परिस्थिति र वैशाखमा हुने स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल भएको राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताएका छन् ।
‘स्थानीय चुनावमा तालमेल गरेर जाने विषयमा पनि प्रारम्भिक छलफल भएको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘एमाले र राप्रपाबीच भेटघाट, छलफल र संवाद गर्दै जाने भन्ने कुरा भएको छ ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ चैत्र २०७८, ०९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेनु दाहालको निर्वाचन परिणामप्रति एमाले अध्यक्ष ओलीद्वारा आश्चर्यसहित दुःख व्यक्त
अस्पतालमा ओली पिताप्रति श्रद्धाञ्जली
‘फागुन २१ कहिल्यै नबिर्सने दिन हो’ : ओली
बालकोट पुगेर ओलीले गरे मतदान
निर्वाचनको निष्पक्षतामाथि ओलीको प्रश्न
आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुने ओलीको जिकिर