काठमाडौं । चोरी भएको नगद तथा विभिन्न सुनचाँदीका गरगहनासहित ललितपुरबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चापागाउँ बस्ने सिन्धुलीको शीतलपाटी गाउँपालिका–१ का २४ वर्षीय राजेश पाख्रिन छन् ।
गएको आइतबार दिउँसो काठमाडौं महानगरपालिका–३२, नरेफाँट डेरा गरी बस्ने रामेछापको दोरम्बा गाउँपालिका–३ की ३० वर्षीया तिलमाया मगरको कोठामा चोरी भएको थियो । घटनाको अनुसन्धान गर्ने क्रममा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले पाख्रिनलाई चोरी भएको नगद तथा गरगहनासहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।
उनका साथबाट नगद २८ हजार ३३० रूपैयाँ, सुनको रानी हार, बाला, झुम्का, औँठी र चाँदी प्रहरीले बरामद गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ चैत्र २०७८, १२ : ५८
लेखकबाट थप