भैरहवा । नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले पाँच दलीय गठबन्धनको चुनाव सम्झेपछि सातो जाने गरेको बताएका छन् ।
नेकपा एमाले सिद्धार्थनगर नगरकमिटीले साेमबार आयोजना गरेकाे प्रशिक्षण कार्यक्रममा उनले गठबन्धन निर्वाचन कुनै पनि हालतमा सार्ने र टार्ने मनिस्तिथिमा रहेकाे दावी पनि गरे ।
नेकपा एमाले सशक्त दबाब र खबरदारी गरेकोले संविधान र कानुनको व्यवस्था अनुरुप निर्धारित मितिमै निर्वाचन हुन लागेकाे हाे । 'त्यो मितिमा निर्वाचन भएन भने जनस्तरबाट ठूलो दबाब सृजना गर्छौ भनि खबरदारी गरेपछि मात्रै सरकारले निर्वाचन रोक्न सकेन । निर्वाचनको माहोलमा पुगेको छ, नेकपा एमालेको दबाब, अग्रसरता पहलकदमीले निर्वाचनको मिति तय भएर मुलुक निर्वाचनमय भएको छ ।' उनले भने ।
उनले अहिले जनलहर एमालेको पक्षमा भएकोले गठबन्धनको सरकार अत्तेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ चैत्र २०७८, १६ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विष्णु पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने
विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति
पूर्व अर्थमन्त्री विष्णु पौडेललाई लगियो विशेष अदालत
सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि विष्णु पौडेल विभागमा उपस्थित
विष्णु पौडेललाई सुर्खेतबाट नेपालगञ्ज लगियो
‘निर्वाचन परिणामले कम्युनिस्ट आन्दोलनमा गम्भीर असर, गम्भीर समीक्षा आवश्यक’ : विष्णु पौडेल