काठमाडौँ । विशेष अदालतले पूर्व मन्त्री विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेललाई सोमबारदेखि लागू हुने गरी ७ दिन थुनामा राख्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो ।
पूर्व उपप्रधान एवं अर्थमन्त्री समेत रहेका उपाध्यक्ष पौडेललाई हिजो सुर्खेतबाट पक्राउ गरिएको थियो । उनलाई राति नै स्थल मार्गबाट काठमाडौं ल्याएर अदालत उपस्थित गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ असार २०८३, २० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्व अर्थमन्त्री विष्णु पौडेललाई लगियो विशेष अदालत
सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि विष्णु पौडेल विभागमा उपस्थित
विष्णु पौडेललाई सुर्खेतबाट नेपालगञ्ज लगियो
‘निर्वाचन परिणामले कम्युनिस्ट आन्दोलनमा गम्भीर असर, गम्भीर समीक्षा आवश्यक’ : विष्णु पौडेल
वामपन्थी एकताको असान्दर्भिक चर्चा चलाइएको छ : विष्णु पौडेल
रुपन्देही–२ : रास्वपाका सुलभ खरेलको फराकिलो अग्रता, विष्णु पौडेल पछाडि