काठमाडौं । नेप्से लगातार दोस्रो दिन दोहोरो अङ्कले घटेको छ । बुधबार २०.३४ अंकले घटेको नेप्सेमा आज बिहीबार पनि १६.६९ अङ्कको पहिलो चलेको हो । नेप्से सूचक २६१३.६९ बिन्दुमा झरेको छ ।
कूल ५२ लाख ९८ हजार ५४३ कित्ता शेयर ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार ८२५ रुपैयाँमा कारोबार भएको छ । बुधबार २ अर्ब ४ करोड ६३ लाख ५२ हजार ५४७ रुपैयाँमात्रै कारोबार भएकोमा बिहीबार कारोबार रकम भने केही बढेको हो ।
जीवन र निर्जीवन बीमा बाहेक सबै उपसूचक घटेका छन् । राष्ट्रउत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले प्रतिशतका हिसाबले सबैभन्दा धेरै कमाएका छन् । नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै अर्थात ४.६७ प्रतिशत शेयरमूल्य गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० चैत्र २०७८, १५ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बढ्यो सेयर बजार, बैंकिङमा उच्च वृद्धि
२८ सयमुनि झर्यो सेयर बजार
सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक
दोहोरो अंकले बढ्यो नेप्से
१० अंक बढ्यो सेयर बजार
सेयर बजारका सबै सूचक बढे