पोखरा। माओवादी केन्द्र गण्डकी प्रदेश कार्यसमितिमा करिब चार महिनापछि पदाधिकारीको टुंगो लागेको छ । अध्यक्ष मात्रै चयन गरेर केन्द्रीय महाधिवेशनमा गएका प्रतिनिधिहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि बुधबार पदाधिकारी टुंग्याएका हुन् ।
सर्वसम्मत प्रयास गर्दासमेत पार नलागेपछि मतदान प्रक्रियाबाट पदाधिकारी चयन गरिएको माओवादीले जनाएको छ । २७ मंसिरमा सम्पन्न अधिवेशनले गायत्री गुरुङलाई अध्यक्षमा चयन गरेको थियो ।
मतपरिणामअनुसार उपाध्यक्षमा मित्रशरण शर्मा (नवलपुर), गुणाखर बस्याल (पर्वत) र ज्ञामनाथ गैह्रे (बागलुङ) निर्वाचित भएका छन् । उपाध्यक्षमा ६ जना दाबेदार थिए । बस्यालले १२०, गैह्रेले ९३ र शर्माले ९० मत पाए । सचिवमा गोरखाका जगन्नाथ खनाल निर्वाचित भएका छन् । उनले गोरखाकै विष्णु भट्टलाई पराजित गरे । खनालले एक सय र भट्टले ७४ मत पाए ।
सहसचिवमा मेखबहादुर भण्डारी (लमजुङ), अतिन्द्रकेशरी न्यौपाने (तनहुँ) र टेकबहादुर विक (म्याग्दी) निर्वाचित भएका छन् । ६ जनाबीच भएको प्रतिस्पर्धामा न्यौपाने ११३, विक १०८ र भण्डारी १०४ मत ल्याउँदै विजयी भएका हुन् । कोषाध्यक्षमा स्याङ्जाका तारा भुसाल निर्वाचित भएका छन् । उनले ११० मत पाउँदा निकटतम प्रतिद्वन्द्वी कास्कीका मेखबहादुर विकले ३२ र कास्कीकै भीमबहादुर विकले २३ मत पाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० चैत्र २०७८, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी सांसदले गरे संसदीय सुनुवाइ समितिको बैठक बहिस्कार
माओवादीले माग्यो राज्य व्यवस्था समितिका सभापति खतिवडाको राजीनामा
माओवादीद्वारा समिति बनाउने सरकारको निर्णयको स्वागत
भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गरेकोमा माओवादी सकारात्मक, सांसदलाई ह्विप नलगाउने
दुई बुँदे सहमति कहिले कार्यान्वयन हुन्छ ? भन्दै सरकारलाई माओवादीको प्रश्न
सरकारले सदनलाई हेपेको माओवादीको आरोप