काठमाडौं । नेकपा एमालेले स्थानीय तहमा सकेसम्म एक्लै लड्ने र तालमेलको आवाश्यक्ता परेको खण्डमा गर्न सक्ने विकल्पमा छलफल चलाएको छ ।
काठमाडौंमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म एक्लै चुनाव लड्ने र आवाश्यक्त परेको खण्डमा तालमेल गर्न सकिने विकल्पका बारेमा छलफल सुरु गराएका छन् ।
शक्ति सन्तुलनको यथार्थ स्थितिको निरन्तर आंकलन गर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले ‘मूलतस् एक्लै विजय हासिल गर्ने तयारीका साथ अगाडि बढ्ने’मा जोड गरे पनि तालमेललाई भने नकारेका छैनन् ।
‘स्थानीय वास्तविकता र आवाश्यक्ताअनुसार तालमेल आवश्यक भएमा सम्बन्धित जिल्ला कमिटीले निर्णय गर्न सक्ने’ विकल्प खुला राख्दै ओलीले सो तालमेलका बारेमा प्रदेश कमिटीलाई जानकारी मात्र होइन, सहमति पनि लिनुपर्ने निर्देशन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० चैत्र २०७८, ११ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग