काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं क्षेत्रपाटी बस्ने मकवानपुर हेटौंडा घर भएका ३८ वर्षीय रगुन खड्केलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।उच्च अदालत पाटनले २०७७ फागुन ९ गते उनलाई बैंकिङ कसूर मुद्दामा ३६ लाख रुपैयाँ जरिवाना र ७ दिन कैद ठहर गरेको थियो ।
त्यसपछि फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं भिमसेनगोलाबाट पक्राउ गरेको हो । महालक्ष्मी बिकास बैंकको खातामा पर्याप्त रकम नभएको भन्ने जानी/जानी पीडितलाई झुक्यानमा पारी चेक दिएको र रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उनलाई उक्त सजाय सुनाएको थियो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ चैत्र २०७८, १७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ