काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं क्षेत्रपाटी बस्ने मकवानपुर हेटौंडा घर भएका ३८ वर्षीय रगुन खड्केलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।उच्च अदालत पाटनले २०७७ फागुन ९ गते उनलाई बैंकिङ कसूर मुद्दामा ३६ लाख रुपैयाँ जरिवाना र ७ दिन कैद ठहर गरेको थियो ।
त्यसपछि फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं भिमसेनगोलाबाट पक्राउ गरेको हो । महालक्ष्मी बिकास बैंकको खातामा पर्याप्त रकम नभएको भन्ने जानी/जानी पीडितलाई झुक्यानमा पारी चेक दिएको र रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उनलाई उक्त सजाय सुनाएको थियो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ चैत्र २०७८, १७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ