काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले बिगतका तिता कुरा बिर्सने र त्रुटि सच्याएर आगामी दिनमा शसक्त रुपमा अघि बढ्ने बताएका छन् ।
मंगलबार जिल्ला अध्यक्षहरुसङ्गको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले राप्रपा नेपालसँग अत्यन्तै बलियो र जनताको भाबनाको सम्मान गर्ने बिचार भएको बताउँदै आफू पार्टी उठाउन दिनरात मेहनत गर्न तयार भएको बताए ।
धर्म परिवर्तनको डढेलोले सामाजिक सद्भाव खल्बलिनेतर्फ चिन्ता ब्यक्त गर्दै थापाले भ्रष्टाचार र बेरोजगारीको डरलाग्दो बढोत्तरिलाई रोक्ने तर्फ कसैको चासो नदिएको भन्दै आक्रोश ब्यक्त गरे ।
राप्रपा नेपाललाई कांग्रेस कम्युनिस्टको बिकल्पको रुपमा अघि बढाइने भन्दै थापाले आर्थिक क्रान्तिको बिषय कसैको प्राथमिकतामा नपरेको राजनीति एजेन्डामा मात्र सबै अलमलिएको आरोप लगाए ।
बैठकमा पार्टीका महामन्त्री त्रय सुशील श्रेष्ठ ,भाष्कर भद्रा र राजाराम बर्तौलाले स्थानीय निर्बाचन तयारी र प्रशिक्षण ,सचिवालय तथा संगठन सम्बन्धमा आफ्नो-आफ्नो प्रस्तुति दिएका थिए । बैठकमा ४५ जिल्ला कार्य समितिका अध्यक्ष एबं केन्द्रिय पदाधिकारीहरुको सहभागीता रहेको थियो । बाँकी जिल्ला अध्यक्षहरुको बैठक चाढै नै गरिने राप्रपा सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ चैत्र २०७८, १९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अब एकताबद्ध हुन ढिला नगरौँ : कमल थापा
राजसंस्था र हिन्दुराष्ट्रलाई बिदेशीको इसारामा एम्बुसमा पारियो : कमल थापा
विपिनका बुवाआमालाई संयुक्त राष्ट्रसङ्घ लैजानु प्रत्युत्पादक हुन सक्छ : कमल थापा
बहुविवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु अनुचित : कमल थापा
मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अब राजसंस्था चाहिन्छ : कमल थापा
पत्रकार पाठकलाई पक्राउ पुर्जीप्रति कमल थापाको आपत्ति