काठमाडौं । नेकपा एमालेले भोलि सोमबारका लागि पार्टीको पोलिट्ब्यूरो कमिटीको बैठक बोलाएको छ । सोमबार दिउँसो ११ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा बैठक बस्ने एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति र चुनावको तयारीका बारेमा छलफल हुने उनले बताए । पोलिट्व्यूरो कमिटीमा १९ जना पदाधिकारी, २६ जना स्थायी कमिटी सदस्यसहित ९९ सदस्य छन् ।
त्यस्तै एमालेको केन्द्रीय कमिटीको बैठक ९ र १० चैतमा बस्नेछ भने १३ गते स्थायी कमिटी बैठक बस्नेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ चैत्र २०७८, १७ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग