बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न स्थानीय तहको चुनावमा एमालेसँग तालमेल गर्न कुरा अहिलेसम्म कुनै सम्भावना नदेखिएको बताएका छन्।
बिहीबार बिहान लुम्बिनी प्रदेशमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा जवाफ दिँदै उनले तत्काल एमालेसँग गठबन्धनको सम्भावना नरहेको बताएका हुन्।
‘तत्काल एमालेसँग गठबन्धन हुने वा तालमेल हुने सम्भावना देखिएको छैन’, प्रचण्डले भने, ‘तर देशमा गम्भीर संकट आएका बेला माओवादी केन्द्र जति तीतोमीठो भए पनि सहज निकास दिन तयार हुने पार्टी हो।’
तर अहिलेसम्मको अवस्था वर्तमान पाँच दलकै गठबन्धन बचाएर चुनावसम्म जाने उनले बताए। यो कुरा कांग्रेसको व्यवहारमा भर पर्ने प्रचण्डको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ चैत्र २०७८, ११ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्योलता हट्यो, देश अब निर्वाचन तयारीतिर गयो: प्रचण्ड
‘सोसल मिडियाबाट हो-हल्ला गर्नेहरू नै जनताका मुक्तिदाता हुन् भन्ने भ्रम पार्न खोजियो’: प्रचण्ड
देशलाई संकटबाट निकास दिन एकमात्र विकल्प : प्रचण्ड
‘प्रचण्ड’-माधव र झलनाथसँग चुनावी तालमेलबारे रन्जिताले गरिन् संवाद
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
‘फागुन २१ मै चुनाव हुनुपर्छ, आवश्यक सहयोग गर्न तयार छौँ’ : ‘प्रचण्ड’