बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न स्थानीय तहको चुनावमा एमालेसँग तालमेल गर्न कुरा अहिलेसम्म कुनै सम्भावना नदेखिएको बताएका छन्।
बिहीबार बिहान लुम्बिनी प्रदेशमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा जवाफ दिँदै उनले तत्काल एमालेसँग गठबन्धनको सम्भावना नरहेको बताएका हुन्।
‘तत्काल एमालेसँग गठबन्धन हुने वा तालमेल हुने सम्भावना देखिएको छैन’, प्रचण्डले भने, ‘तर देशमा गम्भीर संकट आएका बेला माओवादी केन्द्र जति तीतोमीठो भए पनि सहज निकास दिन तयार हुने पार्टी हो।’
तर अहिलेसम्मको अवस्था वर्तमान पाँच दलकै गठबन्धन बचाएर चुनावसम्म जाने उनले बताए। यो कुरा कांग्रेसको व्यवहारमा भर पर्ने प्रचण्डको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ चैत्र २०७८, ११ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?