काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहबार बुटवल गएका छन् ।
पार्टीको लुम्बिनी प्रदेश कमिटीले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्न उनी बुटवल गएको प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । मल्लका अनुसार प्रचण्डले पार्टीका प्रदेशस्तरीय नेताहरूलाई निर्वाचन केन्द्रित अभियान प्रभावकारी ढंगले सञ्चालन गर्न निर्देशन दिनेछन् ।
केन्द्रीय कमिटी बैठक लगत्तै माओवादी केन्द्र निर्वाचन अभियान सुरु गरेको । प्रदेश १ बाट माओवादीले निर्वाचन अभियान सञ्चालन गरेको हो ।सो क्रममा प्रचण्डले पार्टीलाई पहिलो दल बनाउने गरी निर्वाचन अभियानमा लाग्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिने गरेका छन् ।
उनले केन्द्रीय कमिटी बैठकमा पार्टी दोस्रो हुने रिपोर्टिङ पाएको जानकारी दिएका थिए । तर, पहिलो हुने गरिको तयारी आवश्यक रहेको भन्दै केन्द्रीय कमिटीका नेताहरूलाई हौस्याइ दिएका दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ चैत्र २०७८, ०९ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्योलता हट्यो, देश अब निर्वाचन तयारीतिर गयो: प्रचण्ड
‘सोसल मिडियाबाट हो-हल्ला गर्नेहरू नै जनताका मुक्तिदाता हुन् भन्ने भ्रम पार्न खोजियो’: प्रचण्ड
देशलाई संकटबाट निकास दिन एकमात्र विकल्प : प्रचण्ड
‘प्रचण्ड’-माधव र झलनाथसँग चुनावी तालमेलबारे रन्जिताले गरिन् संवाद
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
‘फागुन २१ मै चुनाव हुनुपर्छ, आवश्यक सहयोग गर्न तयार छौँ’ : ‘प्रचण्ड’