भरतपुर महानगरका ७ सहकारीले पाए तोरी मिल देखी कम्प्युटर, प्रिन्टर सम्म अनुदान

सफल खबर संवाददाता

बुधबार, ०२ चैत्र २०७८, १८ : ५८
भरतपुर महानगरका ७ सहकारीले पाए तोरी मिल देखी कम्प्युटर, प्रिन्टर सम्म अनुदान

भरतपुर । भरतपुर महानगरपालिकाले रोजगारी सृजना तथा सहकारी प्रर्वधन कार्यक्रम अन्तर्गत सहकारी संघ संस्थाहरुलाई अनुदान स्वरुप बिभिन्न सामाग्री हस्तान्तरण गरेको छ । 

भरतपुर महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले सहकारीकर्मीहरुलाई समाग्री हस्तान्तरण गरेका हुन् । महानगर भित्रका ७ वटा सहकारीहरुले भरतपुर महानगरबाट अनुदान स्वरुप १७ लाख रुपैयाँ  बराबरको सामाग्री पाएका हुन् । 

महानगरले समाज उत्थान कृषि सहकारी संस्था भरतपुर २१ र सर्वोद्धय बहुउदेस्य सहकारी संस्था भरतपुर ६ लाई ५÷५ लाख बराबरको तोरी मिल प्रदान गरेको छ । त्यस्तै भागिरथी दुग्ध उत्पादक सहकारी संस्थालाई २ लाखको सामाग्री, नव सुन्दर बहुउदेस्य सहकारी संस्था भरतपुर १४ लाई १ लाख ५० हजारको कम्प्युटर ईन्भटर र प्रिन्टर , चितवन जिल्ला बचत तथा ऋण सहकारी संस्थालाई १ लाख रुपैयाको कम्प्युटर र प्रिन्टर प्रदान गरेको हो । 

त्यस्तै उज्जवल बहुउदेस्य सहकारी संस्था भरतपुर १४ लाइ १ लाख ५० हजारको कम्प्युटर, प्रिन्टर र फोटोकपी, आत्म निर्भर सामाजिक उद्धमी महिला सहकारी संस्थाभरतपुर २४ लाई १ लाखको कम्प्युटर र प्रिन्टर प्रदान गरेको भरतपुर महानगर सहकारी शाखाकी बिष्णु आचार्य घिमिरेले बताईन् । 

महानगर देशकै सहकारीको जननी भएकाले महानगरमा राम्रो गरेका सहकारीहरुको स्तर बिकासका लागी महानगरले पनि सहकारीहरुलाई यो सहयोग प्रदान गरेको महानगर प्रमुख रेनु दाहालको भनाई छ । सहकारीले समाजमा भएको गरिबिलाई घटाउन योगदान दिएकाले आफुहरुलेपनि सहकारीको बिकासमा ध्यान दिएको उपप्रमुख पार्बती शाह ठकुरीले बताइन । 

अनुदान स्वरुप सामाग्री पाएपछि सहकारीकर्मी खुसि भएका थिए । भरतपुर महानगरले महानगरको हरेक क्षेत्रमा बिकास गरेको देख्दा महानगरबासी भएकोमा गर्भ लागेको सर्वोद्धय बहुउदेस्य सहकारी संस्था भरतपुर ६ का अध्यक्ष  प्रेमराज कोईरालाले बताए । 

शिक्षा स्वास्थ्य यातायात भौतिक पुर्वाधार सबै क्षेत्रमा महानगरले धेरै बिकास गरेको उनको भनाई छ । भरतपुर महानगर कृषि तथा पशुपन्छि ब्यवसाय प्रर्वधन शाखा प्रमुख तेजेन्द्र पौडेलले महानगरले कृषि क्षेत्रको बिकासमा धेरै ठुलो लगानी गरी परिणाम मुखी काम गरेको बताए ।

२० महिलाले पाए खसि , बोका
भरतपुर महानगरको महिला बालबालिका तथा समाज कल्याण शाखाले  वडा नम्वर ९ का २० जना महिलाहरुका लागी बिउपुजी हस्तान्तरण कार्यक्रम अन्त्रगत बोका, बाख्रा कुखुरा र तरकारी खेतीका लागी नगद हस्तान्तरण गरेको छ । महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वति शाह ठकुरी , प्रवक्ता अरुण पिडित भण्डारी, शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेल लगाएतको हातबाट बाख्रा र बोका पाल्नेका लागी बाख्रा र बोका हस्तान्तरण गरिएको हो भने कुखुरा पालन र तरकारी खेती गर्नेहरुका लागी बिउपुजी स्वरुप प्रति ब्याक्ति नगद १० हजार प्रदान गरिएको महिला बिकास निरिक्षक अप्सरा घिमिरेले बताइन् । उनिहरुलाई तिनदिने सिप बिकास तालिम दिएर उनिहरुकै माग अनुसार बिउपुजी दिईएको महानगर प्रमुख रेनु दाहाले बताईन् ।

उक्त कार्यक्रम अन्त्रगत महानगरका २०० महिलालाई बिउपुजी हस्तान्तरण गरिने नगर प्रमुख दाहालको भनाई छ । वडा अध्यक्ष यमलाल कडेलले आफनो वडाका महिलाहरुको आर्थीक स्थीती सवल बनाउन आफुले धेरै राम्रा कार्यक्रमहरु गरेको बताए ।

प्रतिक्रिया दिनुहोस