राष्ट्रपति भण्डारीसँग साउदी अरबका विदेशमन्त्रीको शिष्टाचार भेट

सफल खबर संवाददाता

मंगलबार, ०१ चैत्र २०७८, १४ : ५३
राष्ट्रपति भण्डारीसँग साउदी अरबका विदेशमन्त्रीको शिष्टाचार भेट

काठमाडौँ ।   साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन्।

नेपालको दुई दिने भ्रमणका क्रममा रहेका विदेशमन्त्री साउदले मंगलबार राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन्। भेटका क्रममा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

विदेशमन्त्री साउद सोमबार साँझ नेपाल आएका थिए। उनी आजै स्वदेश फर्किने कार्यक्रम छ।

 

प्रतिक्रिया दिनुहोस