 
                                    काठमाडौं । जनता समाजवादी पार्टीको संघीय परिषद्को बैठक सुरु भएको छ । परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराइको अध्यक्षतामा बैठक सुरु भएको छ । बैठकमा अध्यक्ष भट्टराइले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । २३ पृष्ठको राजनीति प्रतिवेदनमा १४ वटा शिर्षक रहेका छन् ।
प्रतिवेदन प्रस्तुत गर्दै उनले यो दस्तावेज पूर्ण होइन, पूर्ण दस्तावेज महाधिवेशनमा आउने बताए । महाधिवेशनको तयारी स्वरुप यो दस्तावेज ल्याइएको हो यसैको आधारमा पार्टी सैद्धान्तिक, वैचारिक रुपमा अगाडि बढ्ने बताए ।
जसपा र अरु पार्टी बीचमा के अन्तर छ, जसपाको अबको कार्यदिशा के हुने लगायतको कुरा यसमा समेटिएको उनले बताए । दस्तावेजमाथी सामुहिक छलफल हुने जसपाका कार्यकारिणी सदस्य गंगा श्रेष्ठले बताए । परिषद्को बैठक आज एक दिन मात्र चल्ने छ भोलीदेखि केन्द्रीय समितिको बैठक बस्नेछ ।
 
                
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ फागुन २०७८, १४ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालको कोशी र मधेश प्रदेश समितिमा नयाँ नेतृत्व
उपेन्द्र नेतृत्वको जसपाले विचार मिल्ने दलसँग एकता र जेनजीसँग सहकार्य गर्ने
यथास्थितिमा हुने निर्वाचनले जेन जेडको मागको सम्बोधन नगर्ने भन्दै संविधान पुनर्लेखन गर्न जसपाको माग
प्रधानमन्त्रीलाई जसपाको तीन दिने अल्टिमेटम, मन्त्री नफेरे आफै फिर्ता बोलाउने चेतावनी
आजबाट देशभर सहर केन्द्रित आन्दोलनमा जसपा
जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता