काठमाडौं । जनता समाजवादी पार्टीको संघीय परिषद्को बैठक सुरु भएको छ । परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराइको अध्यक्षतामा बैठक सुरु भएको छ । बैठकमा अध्यक्ष भट्टराइले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । २३ पृष्ठको राजनीति प्रतिवेदनमा १४ वटा शिर्षक रहेका छन् ।
प्रतिवेदन प्रस्तुत गर्दै उनले यो दस्तावेज पूर्ण होइन, पूर्ण दस्तावेज महाधिवेशनमा आउने बताए । महाधिवेशनको तयारी स्वरुप यो दस्तावेज ल्याइएको हो यसैको आधारमा पार्टी सैद्धान्तिक, वैचारिक रुपमा अगाडि बढ्ने बताए ।
जसपा र अरु पार्टी बीचमा के अन्तर छ, जसपाको अबको कार्यदिशा के हुने लगायतको कुरा यसमा समेटिएको उनले बताए । दस्तावेजमाथी सामुहिक छलफल हुने जसपाका कार्यकारिणी सदस्य गंगा श्रेष्ठले बताए । परिषद्को बैठक आज एक दिन मात्र चल्ने छ भोलीदेखि केन्द्रीय समितिको बैठक बस्नेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ फागुन २०७८, १४ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै