काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राम नेपालमै जन्मिएकाे दाबी दाेहाेर्याएका छन् । पाेखरामा प्रेस चाैतारीकाे महाधिवेसनलाई सम्बाेधन गर्दै उनले भने, `रामका बा ठाेरीका हुन् । माडी र ठाेरीकाे बीचमा जन्मिएका हुन् । उनले मेसाेपाेटामियाबाट रथ ल्याएर दशवटा रथ बनाए । उनकाे नाम नेगीबाट दशरथ बन्याे ।´
उनले अहिलेकाे युगमा राम राज्यकाे व्याख्या गरेर खासै स्वभाविक नहुने बताए । 'सत्ययुगकाे व्याख्या गरेर थाक्दैनन् मान्छे । सत्युगमा चाेरी हुन्थेन भन्छ । उतिबेला कसैसँग सम्पति भए पाे चाेर्ने । घर फुटाउथेनन् भन्छन्, घर भए पाे फुटाउने,´ उनले भने, 'राम राज्य कस्ताे थियाे ? कसैलाई थाहा छैन ।´
सत्ययुग, त्रेतायुग, द्वापर युग कस्ताे न थियाे भन्ने भ्रमबाट बाहिर निस्कन उनले आग्रह गरे । `रावणकाे पालामा जुत्ता चप्पल बनेकाे थिएन । लक्षमणले रामकाे खराउ मागेर त्यसलाई सिंहासनमा राखेर राज्य गर्छु भनेका थिए,´ ओली भन्छन्, `कपडा बनिसकेकाे थिएन । अरु सबै हाेहल्ला हुन् । तर, आज हामी विकासकाे शिखरमा छाैं । पृथ्वीकाे सृष्टि पार गरेर सबैभन्दा सुविधायुक्त समयमा छाैं ।´
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ फागुन २०७८, १४ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी