काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आयात बढ्दा अर्थतन्त्र नै खतरामा परेको बताएका छन् । हरेक कुरामा परनिर्भरता बढ्दा अर्थतन्त्र नै सकसमा रहेको उनको भनाई छ ।
लेखनाथ महोत्सवलाई उद्घाटन गर्दै शर्माले भने, ‘जे कुरा पनि आयात गरिएको छ । खाद्यान्नदेखि विलासिताका बस्तुको आयातबाट मुलुकको ठूलो आर्थिक हिस्सा खर्चनु परेको छ । यसले विदेशी मुद्राको सञ्चिती घटेको छ ।’
अर्थतन्त्र सुदृढ बनाउन कृषि, पर्यटन र ऊर्जाको क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने उनले बताए । निजी क्षेत्रले कृषि उत्पादनमा लगानी गर्न उनको सुझाव छ । उनले आयातलाई प्रतिस्थापन गर्न कृषिमा आत्मनिर्भर हुनुपर्ने तथा पर्यटनको विकास र ऊर्जाको खपत बढाउनु पर्नेमा जोड दिए ।
मन्त्री शर्माले पोखरा देखी काठमाडौंसम्मको यात्रालाई दुई घण्टामा व्यवस्थापन गर्ने गरी योजना बनाएको बताए । ‘पोखरा–काठमाडौं यात्रा २ घण्टाभन्दा बढी हुनु हुँदैन । यसपछि मात्रै यहाँको विकास तीव्र हुन्छ,’ शर्मा भन्छन्, ‘अहिलेको सडक विस्तार योजनामा भएका त्रुटिलाई सुधार गरेर व्यवस्थित बनाउनुपर्छ ।’ अहिले पोखरा–मुग्लीन सडक स्तरोन्नतीको काम सुरु भएको छ ।
मन्त्री शर्माले कोभिड र रुस–युक्रेनको द्वन्द्वका कारण नेपालको अर्थतन्त्रमा समेत प्रभाव परेको बताए । यस्तै, पुँजीगत खर्च बढाउन अन्तर मन्त्रालयबिच समन्वयको अभाव देखिएकोले त्यसमा सुधारको प्रयास गरिएको उनको भनाई छ । आजदेखि सुरु भएको महोत्सव चैत्र ७ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा विभिन्न बस्तु तथा सेवाका तीन सय भन्दा बढी स्टल राखिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ फागुन २०७८, २० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्दै, प्रदेश संयोजक तोक्ने
विप्लव पार्टीको चुनाव चिन्ह्रमा जनार्दन चुनाव लड्ने !
अन्जना विसंखेले पनि छोडिन जनार्दन शर्माको साथ
वाम प्रगतिशील ध्रुवीकरण घोषणा गर्दै जनार्दन शर्मा