काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौताअनुसार आउने अनुदानवापतको रकमले देश विकास र रोजगार बढाउने बताएका छन् ।
पर्साको वीरगञ्जमा बिहीबार कांग्रेस पर्साको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसी सम्झौताअनुसार आउने अनुदानवापतको रकमले देशको विकास र रोजगार बढाउन सहयोग गर्ने दाबी गरेका हुन् ।
‘एमसीसीबाट आउने रकम ऋण होइन अनुुदान हो,’ प्रधानमन्त्री देउवाले भने, ‘यसले देशको विकास र रोजगार बढाउँछ ।’ उनले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई तथा प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ फागुन २०७८, १२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?
देउवाले भने–'म उदार छु, पार्टी नफुटाउनुस्'
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
देउवाले बोलाए कांग्रेसका महामन्त्री बाहेक शीर्ष नेताको छलफल
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
संस्थापन टिमले स्वीकार गर्यो देउवाको आग्रह, पुसमा महाधिवेशन !