काठमाडौं । इन्टरपोलमा ‘रेड नोटिस’ जारी भएका एक जना फरार प्रतिवादीलाई कतारबाट पक्राउ गरी सोमबार काठमाडौं ल्याइएको छ ।
पक्राउ गरी काठमाडौं ल्याइएकामा सिरहा बिष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरका ४१ वर्षीय विक्की मुस्कान भन्ने भोगेन्द्र प्रसाद यादव छन् । उनलाई घटनाको ६ वर्षपछि कतारबाट पक्राउ गरी नेपाल ल्याइएको हो । आफ्नै २५ वर्षीया श्रीमती आरती परियारको धारिलो हतियारले घाँटी रेटी हत्या गरे पश्चात उनी फरार रहेको प्रहरीले जनाएको छ ।
भोगेन्द्रलाई कतारमा पक्राउ परेपश्चात प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाले ईन्टरपोल दोहा कतारसँग समन्वय गरी नेपाल ल्याई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।
ललितपुर लेलेमा २०७२ वैशाख १५ गते बिहान आरतीको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । घटनापश्चात वैदेशिक रोजगारीको सिलसिलामा उनी कतार गएका थिए ।
भोगेन्द्रविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलास र पक्राउको लागि महानगरीय अपराध महाशाखाको अनुरोधमा २०७६ पुस १२ गते ईन्टरपोल महासचिवालयबाट ‘डिफ्यूजन’ नोटिस जारी गरिएको थियो । २०७७ साउन १९ गते उनको नाममा ‘रेड नोटिस’ जारी गरिएको थियो ।
यादवलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि महानगरीय अपराध महाशाखामा बुझाइएकोमा इन्टरपोल शाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ फागुन २०७८, १९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खैरो हेरोइन र नगदसहित युवक पक्राउ
बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ