काठमाडौं । भक्तपुरमा महिलाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।
प्रहरीका अनुसार चाँगुनारायण नगरपालिका ७ बागरेस्थित खेतको टहरामा धारिलो हतियार प्रयोग गरी परालले ढाकेको अवस्थामा महिलाको शव फेला परेको हो ।
प्रहरीका अनुसार मृतक महिला अन्दाजी ३५, ४० वर्षकी रहेकी छिन् । स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी राजु पाण्डेले जानकारी दिए। स्थानियले महिलाको शव जस्ताले बारेको मान्छे नबस्ने टहरामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ फागुन २०७८, १० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलामा शव फेला, दुई जना पक्राउ
काठमाडौँ र ललितपुरमा २ जनाको शव फेला
इजरायललाई थप दुई बन्धकको शव हस्तान्तरण
विपिन जोशीको शव भोलि काठमाडौँ ल्याइँदै
गंगा दाहालको घरमा जलेको अवस्थामा भेटियो शव
अटो दुर्घटनामा वेपत्ता यात्रुहरु मध्ये २ जनाको शव फेला