काठमाडौं । बाँके प्रहरीले पेस्तोल र ब्राउन सुगरसहित तीन जना युवालाई नियन्त्रणमा लिएको छ। आइतबार ९० ग्राम ब्राउन सुगर र एक थान अत्याधुनिक स्वचालित पेस्तोलसहित तीन युवालाई पक्राउ गरेको हो।
उनीहरूलाई खजुरा गाउँपालिका वडा नम्बर १ स्थित रवीन्द्र थापाको घरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
सेतो प्लास्टिकमा बेरेर राखेको ९० ग्राम ब्राउन सुगर र घरमा लुकाइराखेको अवस्थामा स्वचालित पेस्तोलसहित सोही घरका २५ वर्षीय रवीन्द्र थापा, खजुरा २ का २७ वर्षका मनिष थापा र नेपालजञ्ज १३ का २८ वर्षका सुरेश रोकालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई ब्राउन सुगर सेवन गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीको दाबी छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ फागुन २०७८, ०९ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खैरो हेरोइन र नगदसहित युवक पक्राउ
बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ